सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा 'होम आइसोलेशन' बसेका संक्रमितको मृत्यु, दाहसंस्कारपछि आयो रिपोर्ट

२०७८ जेठ २२, ०४:५० खबर संवाददाता

डोटी: डोटीमा होमआइसोलेशन बसेका एक संक्रमितको मृत्यु भएको छ। 

जिल्लाको बडीकेदार गाउँपालिकाको–२ मुलिचौरका ५९ वर्षीय पुरुषको आफ्नै घरमा निधन भएको हो।

संक्रमितको मृत्यु बिहीबार भएपनि उनमा शुक्रबार मात्रै कोरोना पुस्टि भएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ। स्वास्थ्यमा समस्या देखिएपनि उनी अस्पताल गएका थिएनन्।

मृतकका आफन्तले कोरोना रिपोर्ट आउनु अघि नै उनको दाहसंस्कार गरिसकेका छन्। 

कमेन्ट लोड गर्नुस