सुदूर नेपाललाई विश्वसँग जोड्दै

हिमचितुवा घिमिरे ‘के वान सुपर वेल्टरवेट सुपर फाइट’ मा भिड्दै

२०७८ जेठ २१, ०५:३० रासस

काठमाडौं: अन्तरराष्ट्रिय बक्सर खेलाडी अविरल घिमिरेले ‘के वान सुपर वेल्टरवेट सुपर फाइट’ प्रतियोगितामा भिड्ने भएका छन्।

आगामी साउन १७ गते शनिवार जापानको फुकुओका शहरमा आयोजना हुने सो प्रतियोगितामा उहाँ जापानका व्यवसायिक किक बक्सर हिरोमी वाजिमासँग रिङ्मा उत्रदैछन्।

वाजिमा पनि के वान के बक्सिङ् प्रतिष्पर्धामा भिडन्त गरिसकेका अनुभवी खेलाडी खेल्छन्।

आज सामाजिक सञ्चालमा के वान क्लवले ‘के वान सुपर वेल्टरवेट सुपर फाइट’ प्रतियोगितामा बक्सरद्वय घिमिरे र वाजिमा बीचमा भिडन्त हुने जनाएको छ।

‘हिमालयन चितुवा उपाधि’ले विश्व प्रसिद्ध घिमिरेले गत चैतमा जापानको टोकियो शहरमा सम्पन्न ‘के वान फेस्टिवल २०२१ ’ प्रतियोगिताको उपाधि चुम्ने कम उमेरका पहिलो नेपाली बक्सर बन्ने सौभाग्य प्राप्त गरेका थिए। उनले जापानी व्यवसायिक बक्सर खोतेचुलाई पहिलो राउण्डमा नै ढालेर नयाँ इतिहास कायम गरेका हुन्।

यसैगरी घिमिरेले गत वर्ष नै ‘प्रोफेसनल किक बक्सिङ हिट ४८’ मा जापानी खेलाडी योसिदा यइजी माथि सहज जित हात पारेका थिए।

अन्तरराष्ट्रिय बक्सिङ खेलाडी एवं प्रशिक्षक देवकुमार घिमिरेका सुपुत्र अविरलले कोरोना कहरमा बीचमा सो प्रतियागिताका लागि पिताकै विशेष प्रशिक्षणमा तयारी थालेका हुन्। उनले आज सामाजिक सञ्जाल मार्फत् प्रतियोगिताको आवश्यक तयारी शुरुआत भएको बताए। 

प्रशिक्षक देवले पनि सामाजिक सञ्जालमा भने“ युवा बक्सर अविरलले पछिल्लो समय बक्सिङ्मा नयाँ उचाइ हासिल गरेका छन्। 

के वान सुपर वेल्टरवेट सुपर फाइट’ चुम्नेमा म विश्वस्त छु। यो प्रतियोगितमा छनौट हुुनु आफैमा प्रतिष्ठाको विषय हो। ”

के वान बक्सिङ प्रतियोगितामा विश्वका चर्चित बक्सरलाई मात्र रिङभित्र उतारिने गरिन्छ। रोमाञ्जकारी भिडन्त हेर्ने अग्रीम टिकट लिनुपर्छ।

कमेन्ट लोड गर्नुस