सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको गेटा मेडिकल कलेज २ वर्षभित्र सञ्चालनको आधार के ?

२०७८ जेठ २१, ०६:१९ कमल सावद

धनगढीः संघीय सरकारले जेठ १५ गते सार्वजनिक गरेको बजेटमा कैलालीको गेटा मेडिकल कलेज २ वर्षभित्र सञ्चालन गर्ने उल्लेख छ। 

तर प्रस्ताविक गेटा मेडिकल कलेजका भौतिक संरचना निर्माणका काम भने अझै बाँकी छ। अस्पतालका लागि आवस्यक उपकरण, शय्या, फिर्निचर, विद्युत, खाने पानी, ढल निकास, जनशक्ति व्यवस्थापनको काम गर्नै बाँकी रहेको हो। २०७३ सालबाट निर्माण थालिएको गेटास्थित प्रस्तावित गेटा मेडिकल कलेजको भौतिक संरचना निर्माणको काम  अबको ६  महिनाभित्र पूर्ण हुने दाबी गरिएको छ। 

गेटा मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिले २०७८ को मंसिर महिनाभित्र अस्पतालका पूर्वाधारको निर्माणको काम पूर्ण हुने अनुमान गरेको हो। पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक भीमबहादुर साउँदले भौतिक पूर्वाधार निर्माणको काम मंसिर महिनासम्म सकिने बताए।

“मंसिरसम्म भौतिक संरचना निर्माणको काम सकिन्छ। पानी र फोहोर व्यवस्थापनको जोड्लाई थोरै समस्या देखिएको छ। टेन्डर निकाल्न गाह्वो देखिदैछ। निकाल्ने प्रयास त गर्दै छौ। तर सकिदैछैन्। नभए अर्काे वर्षको सुरुमै गर्दा पनि ७/८ महिना चाहिन्छ। त्यो जोडिदै गर्छ उतापनि काम हुँदैगर्छ। संरचना निर्माणको काम त मंसिरमा सकिहाल्छ, उनले दिनेश खबरसँग भने। 

भौतिक संरचना २०७८ को मंसिरमा पूर्ण हुने र फर्निचर खरिदको प्रक्रिया समेत थालिएको समितिले बताएको छ। ६ महिना भित्र अस्पतालका लागि आवस्यक फर्निचरको व्यवस्थापन भए कर्मचारी भर्नाको प्रक्रिया समेत थालिने साउँदले बताए। उनले थपे, “फर्निचरको खरिद प्रक्रियमा गएका छौ। ६/७ महिनामा सेट भैहाल्छ। अर्काे वर्षमा अस्पताल सञ्चालन भइहाल्छ।”

फर्निचरसंग अस्पताल सञ्चालनका लागि उपकरणको समेत आवस्यक हुन्छ। उपकरण खरिदको प्रक्रिया भने थालिएको छैन्। “काम हुँदै गएको छ। मोडल आएपछि सञ्चालन खर्च थप माग गर्नुपर्छ। दरबन्दी सृजनाभएपनि थप बजेट चाहिन्छ। उपकरणका लागि पनि बजेट चाहिन्छ। जनशक्ति व्यवस्थापन र उपकरण व्यवस्थापनको क्षेत्र फरक हुन्छ,” साउँदले भने। 

“भौतिक संरचना निर्माण सकिए अस्पताल सञ्चालन हुन्छ”

भौतिक संरचना निर्माणको काम सकिए अस्पताल सञ्चालन हुने बादी गरिएको छ। प्रस्ताविक गेटा मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउनु पर्ने माग हुँदै आएको भएपनि अस्पताल सञ्चालनमा समस्या नहुने दाबी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको छ।

अस्पताल सञ्चालनमा आएपछि मात्र मेडिकल कलेज वा स्वास्थ्य विज्ञान प्रतिष्ठान के बनाउने भन्ने बिषयमा निर्णय हुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्त दीपक शर्माले बताए। उनले भने, “पहिला हस्पिटलका पूर्वाधार सबै बन्नु पर्यो। रेडी छ भनेपछि कानूनले रोकियो। केहि भएपछि सरकारले गर्ने हो। नभए अध्यादेश आउला। कार्यविधि होला। अरु मेडिकल कलेजहरुका विधि विधान होलान्।” अस्पताल सञ्चालन नभएसम्म मेडिकल कलेज नहुने उनले बताए। 

उनले भने, मुल कुरा त्यहाँका पूर्वाधार सबै बन्नु पर्यो। हस्पिटल अस्चालन नआएर मेडिकल कलेज सञ्चालन हुँदैन्। पहिले हस्पिटल सञ्चाल हुनु पर्यो। हस्पिटल सञ्चालन हुनु भन्दा अगाढी, हस्पिटल भित्रका सबै साधान उपकरणहरु, मेडिकल इक्यूमेन्टहरु, बेडहरु हुनु पर्यो। त्यसअछि कति शय्याको अस्पताल हो, त्यस्को ओपीडी व्यवस्थापन गर्नु पर्यो।

त्यो भन्दा अगाढी बाहिरका भौतिक संरचना निर्माण गर्नुपर्यो।” अस्पताल सञ्चालन भएपछि मात्र मेडिकल कलेज वा स्वास्थ्य विज्ञान प्रतिष्ठानको बिषय आउने उनले बताए। मेडिकल कलेज सञ्चालनको प्रक्रिया र समयलाई आधार मान्ने हो भने २ वर्षमा मसेत कलेज सञ्चालन नहुने देखिन्छ।

२०७३ सालबाट निर्माण थालिएको गेटास्थित प्रस्तावित गेटा मेडिकल कलेज करिव ५१ हेक्टर क्षेत्रफलमा फैलिएको छ। सो क्षेत्रमा भौतिक संरचना निर्माणको काम जारी छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चालु आर्थिक वर्ष २०७७/०७८ मा ८० करोड बजेट गेटा मेडिकल कलेज पूर्वाधार निर्माणका लागि विनियोजन गरेको थियो।

८० करोड पूर्ण खर्चभएको छ। समितिले पुनः ३० करोड थप रकम माग गरिएको छ। असार मसान्तसम्म ३० करोड समेत खर्च हुने दाबी पूर्वाधार समितिको छ। तर आगामी आर्थिक वर्षको बजेटको भने टुंगो लागेको छैन्। 


 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस