सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालमा नयाँ भेरियन्टको कोरोना पत्ता लागेको छैन : स्वास्थ्य मन्त्रालय

२०७८ जेठ २०, ०६:१३ खबर संवाददाता

काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अन्तर्राष्ट्रिय संचारमाध्यमा नेपालमा नयाँ भेरियन्ट पत्ता लागेको भन्ने निराधार समाचार भएको स्पष्ट पारेको छ।

एक विज्ञप्ती जारी गर्दै मन्त्रालयले नेपालमा अल्फा र डेल्टा भेरियन्ट अफ कन्सर्न मात्र रहेको जनाएको हो। नेपालमा यी बाहेक अन्य कुनै नयाँ भेरियन्ट नरहेको पनि मन्त्रालयले स्पस्ट पारको छ।

विज्ञप्तीमा भनिएको छ, ‘विश्व स्वास्थ्य संगठनले भेरियन्ट अफ कन्सर्नभित्र परेका र विभिन्न देशहरुमा फैलिएको कोभिड –१९ को नयाँ भेरियन्टलाई ‘अल्फा, डेल्टा, गामा, कप्पा छुट्टाछुट्टै नाम दिएको छ।’

यही सुचनामार्फत मन्त्रालयले पछिल्लो समयमा नेपालमा फैलिएको कोभिड–१९ भेरियन्ट अल्फा र डेल्टा मात्रै भएको पुष्टि गरेको हो।

एक विदेशी अखबारले नेपालमा कोरोनाको नयाँ भेरियन्ट भेटिएको समाचार प्रकाशित गरेपछि मन्त्रालयले सो विषयमा स्पष्ट पारेको हो।

विश्व स्वास्थ्य संगठनले समेत नेपालमा नयाँ भेरियन्ट पत्ता नलागेकाे पुष्टि गरिसकेकाे छ।

कमेन्ट लोड गर्नुस