६८२५ जना संक्रमित थपिए
काठमाडौं: पछिल्लो २४ घण्टामा ६ हजार ८२५ जनालाई संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ५६२ जनामा पीसीआर र ३२११ जनामा एन्टीजेन परीक्षण भएको हो। सोही अवधिमा ५ हजार ९०४ निको भएका छन्। अहिलेसम्म नेपालमा ५ लाख ८६ हजार हजार ५०९ जनालाई संक्रमण पुष्टि भएको छ जसमध्ये ४ लाख ६७ हजार ४६७ जना संक्रमणमुक्त भएका छन्।
यस्तै, गएको २४ घण्टामा ७५ जना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा ७ हजार ६३० जनाको मृत्यु भएको छ।
अहिले १ लाख १ हजार ८३९ जना संक्रमित आइसोलेसनमा छन्। पछिल्लो २४ घण्टामा १८ हजार ५६२ पीसीआर र ३२११ एन्टीजेन परीक्षण भएको छ।