सुदूर नेपाललाई विश्वसँग जोड्दै

टाइगर र दिशाविरुद्ध एफआइआर दर्ता

२०७८ जेठ २०, ०१:५० खबर संवाददाता

काठमाडौं: बलिउड नायक टाइगर श्राफ र नायिका दिशा पटानीविरुद्ध एफआइआर दर्ता भएको छ। मुम्बई पुलिसले जुन १ तारिखमा यी दुबै जनालाई मुम्बइमा घुमफिर गरिरहेका बेला सोधपुछ गरेको थियो।

उनीहरुको कागजपत्र चेक गरेर छाडेको प्रहरीले घटनाको छानबिन गरेर एफआइआर दर्ता गरेको हो। मुम्बई प्रहरीले भारतीय मिडियालाई दिएको जानकारी अनुसार टाइगर र दिशा बाहिर निस्कनुको ठोस कारण केही पाइएको छैन।

भारतीय मिडियाका अनुसार मंगलबार दिशा र टाइगर लामो ड्राइभमा निस्किएका थिए। मुम्बई प्रहरीको आधिकारिक ट्विटर ह्यान्डलमा यिनकाविरुद्ध धारा १८८ अनुसार एफआइआर दर्ता गरिएको हो। मुम्बइमा जुन १५ तारिखसम्मका लागि कफ्र्यू लगाइएको छ। 
 

कमेन्ट लोड गर्नुस