सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको सुर्नयाका युवाहरुद्वारा बिरामी बोक्न नि:शुल्क गाडीको व्यवस्था

२०७८ जेठ २०, ११:५५ खबर संवाददाता

बैतडीः बैतडीको सुर्नया गाउँपालिकाका युवाहरुले महामारीका बेला निःशुल्क गाडीको व्यस्थापन गरेका छन्। पत्ताल भुवनेश्वर युवा जागरण मञ्च र नेचुरल अर्गनाइजेसनले कोरोना महामारीमा बिरामी बोक्न गाडीको व्यवस्था गरेका हुन्। 

कोरोना माहामारीमा जुनसुकै बिरामीलाई गाउँबाट निःशुल्क अस्पतालसम्म पुर्‍याउन गाडीको व्यवस्था गरेका पत्ताल भुवनेश्वर युवा जागरण मञ्चका उपाध्यक्ष बिनोद विष्टले बताए। गाउँपालिकामा एम्बुलेन्स नभएका बेला युवाहरुले आर्थिक संकलन गरेर निःशुल्क गाडीको व्यवस्था गरेको उनले बताए। 

कोरोना संक्रमण रोकथामका लागि जारी निषेधाज्ञामा सवारीसाधनको अभावले बिरामी नागरिकहरुलाई समस्या नहोस् भनेर आकस्मिक गाडीको सेवा सञ्चालन गरिएको विष्टले बताए। 

युवाहरुको आर्थिक सहयोगबाट अहिले एक महिनासम्मका लागि बिरामी बोक्न गाउँपालिका भित्र बिहीबार देखिनै आकस्मिक गाडीको सेवा सञ्चालनमा ल्याइएको बताइएको छ। 

आर्थिक अभावले अस्पताल जान नसकेर अप्ठेरोमा परेका नागरिकहरुले ९८११६६०८०३, ९८४८८३६२६७, ९८६१८९००८१, ९८४८८९१४७१ र जीप चालक ९८४२२५७६२६ मा सम्पर्क गर्न सक्नेछन्।


 

कमेन्ट लोड गर्नुस