सुदूर नेपाललाई विश्वसँग जोड्दै

अत्तरियामा मुकुण्डोधारी आए, च्यातिएको झण्डा फेरेर गए

२०७८ जेठ १९, ०४:२१ खबर संवाददाता

धनगढी: सुदूरपश्चिमको ९ वटै जिल्ला जोड्ने कैलालीको गोदावरी नगरपालिकास्थित अत्तरिया चोकमा राखिएको नेपालको झन्डा च्यातिएको थियो।

पुरानो झण्डा च्यातिएको धेरै समय भइसक्दा पनि कसैले वास्ता गरेका थिएनन्। तर बिहीबार एक अज्ञात समूहले उक्त झण्डा फेरेको छ। 

मुख नदेखिने गरि मुकुण्डो लगाएर आएको उक्त समूहले नेपालको झण्डा फेरेको हो। उनीहरु को हुन् र कहाँबाट आएका हुन् भन्नेबारे कसैलाई जानकारी छैन। 


 

कमेन्ट लोड गर्नुस