सुदूर नेपाललाई विश्वसँग जोड्दै

मृत चितुवा फेला

फाईल फोटो
फाईल फोटो
२०७८ जेठ १९, ०९:१२ रासस

पर्वत : पर्वतको महाशिला गाउँपालिकामा मृत अवस्थामा चितुवा फेला परेको छ।

महाशिला–५ लुंखुदेउरालीस्थित चिसापानी, कालिकादेवीस्थान सामुदायिक वनमा मङ्गलवार दिउँसो मृत अवस्थामा चितुवा फेला परेको हो। अन्दाजी दुई÷तीन वर्षको उमेरको जस्तै  देखिने चितुवा के कारणले म¥यो भन्ने खुलेको छैन। 

मृत चितुवालाई सव डिभिजन वन कार्यालय लुंखुदेउराली, स्थानीय जनप्रतिनिधि र प्रहरीको रोहबरमा वन कार्यालयको परिसरमा खाडलमा पुरिएको महाशिला गाउँपालिकाका प्रवक्ता जीवन विक्रम उच्चैले बताए।  
 

कमेन्ट लोड गर्नुस