सुदूर नेपाललाई विश्वसँग जोड्दै

त्रिशूली अस्पताललाई आइसियू श्यया हस्तान्तरण

। फोटो स्रोत ।
२०७८ जेठ १८, ०७:१० रासस

त्रिशूली: जिल्ला सहकारी सङ्घ जिल्ला शाखाले त्रिशूली अस्पताललाई पाँच विद्युतीय आईसीयू श्यया र बिरामी मनिटर उपकरण प्रदान गरेको छ।

सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पताललाई आवश्यक उपकरण हस्तान्तरण गरिएको सङ्घका सचिव प्रकाशकुमार अधिकारीले जानकारी दिए 

पछिल्लो समय अस्पतालमा कोरोना सङ्क्रमितका बिरामीको चाप वृद्धिहुँदै गएको छ। बचत तथा ऋणको सेवा पुर्‍याउँदै आएका सहकारीको छाता संस्था सङ्घलाई सो कार्यका लागि ‘नेपाली इन ओकायामा जापान’ नामक संस्थाले पनि सहयोग गरेको जनाइएको छ।

सङ्घ अध्यक्ष गोकर्णनाथ न्यौपानेको अनुसार हस्तान्तरित ती उपकरणको मूल्य १८ लाख रहेको छ।

अस्पताल व्यवस्थापन तथा विकास समितिका अध्यक्ष अर्जुनप्रसाद न्यौपानेले अस्पतालमा हाल आइसियू श्यया ११ पुगेको छ भने भेन्टिलेटर छ जडान गरिएको छ।

अस्पतालले रसुवा र धादिङका कोभिड तथा नन्कोभिड बिरामीलाई समेत सेवा दिदै आएको छ।

कोरोना जाँच गर्न अस्पतालको आफ्नै आरटिपिसिआर प्रयोगशाला, अक्सिजन प्लाण्ट, आइसियू, एचडियू र भेन्टिलेटर उपकरणको साथमा सुविधासम्पन्न भवन रहेको छ।

पछिल्लो सयम सेवा प्रवाह उत्कृष्ट बन्दै गएको जनाइएको छ। 

कमेन्ट लोड गर्नुस