सुदूर नेपाललाई विश्वसँग जोड्दै

दीपदेव बिजनेस एडभाइजर्सले बजेटबारे जानकारी दिने

२०७८ जेठ १८, ०७:०० खबर संवाददाता

धनगढीः धनगढीमा रहेको दीपदेव बिजनेस एडभाइजर्सले नयाँ बजेटका फाइदा र प्रभावबारे सर्वसाधारणलाई जानकारी दिने भएको छ।

जेठ २१ गते शुक्रबार साँझ ४ बजे करका दायरा र बजेटका प्रभावबारे जानकारी दिन जूमका माध्यमबाट धनगढीका व्यवसायीहरुसँग अन्तरक्रिया गर्ने दीपदेव एडभाइजरका सिए हेमन बजगाईले दिनेशखबरलाई बताए।

साझ ४ बजे सुरु हुने अन्तरक्रियामा बजेटको प्रभाव, आयकर, भ्याट, टिडिएस, टिसिएस, विवादित आयकर, सहुलियतपूर्ण कर्जा, उत्पादन तथा विक्री–वितरण गर्ने व्यपारमा बजेटको प्रभाव, सेवामूलक व्यसाय,विद्यार्थी,कर्मचारी तथा सर्वसाधारणमा पर्नसक्ने बजेटको प्रभाव बारे सिए भानु बजगाई र कर अधिकृत सेतबहादुर शाहीले जानकारी दिने दीपदेव बिजनेस एडभाइजरका सिए हेमन बजगाईले जनाए।

अन्तरक्रियामा भाग लिन चाहने व्यक्तिले शुक्रबार साँझ ४ बजे जूम आइडी २२८९५९३२१६ र पासकोड 9ptA9g काे माध्यमले सहभागिता जनाउँन सक्ने बताइएको छ।

कमेन्ट लोड गर्नुस