सुदूर नेपाललाई विश्वसँग जोड्दै

जडीबुटी प्रशोधन केन्द्र निर्माण अवधिभन्दा ६ महिना पहिले नै सम्पन्न

२०७५ कार्तिक ५, ०६:४६ सीताराम ओझा

सुदुरपश्चिमको पहिलो जडीबुटी प्रशोधन केन्द्र निर्माण अवधिभन्दा ६ महिना पहिले नै सम्पन्न भएको छ । विकास निर्माणमा ढिलासुस्ती भईरहेका वेला धनगढीको कनरीमा २० महिनाको निर्माण अवधि दिईएकोमा प्रशोधन केन्द्र निर्माण अवधिभन्दा ६ महिना अगाडी नै सम्पन्न भएको हो । तर निर्माण कम्पनीले भुक्तानी पाउन सकेका छैनन् । बजेट नआउँदा हस्तान्तरण हुन नसक्दा सञ्चालनमा आउन ढिलाई भएको छ ।  विकास निर्माणका कामहरु समयमै नसकिने परिपाटी रहदै आएको छ । काममा ढिलासुस्ती गर्ने र तोकिएको समयभन्दा ढिलो हुने गरेकोमा पछिल्ला दिनमा तोकिएको समयभन्दा अगाडी पनि निर्माण व्यवसायीले चाहेमा निर्माण सम्पन्न गर्न सकिने उदाहरण दिन थालेका छन् । धनगढीको कनरीमा निर्माण गरिएको सुदुरपश्चिमको पहिलो जडीबुटी प्रशोधन केन्द्र निर्माणको ६ महिना अगाडी नै सम्पन्न भएको हो । 

सघन शहरी विकास कार्यक्रम अन्तर्गत धनगढीको कनरीमा निर्माण गरिएको सुदुरपश्चिमको पहिलो जडीबुटी प्रशोधन केन्द्र निर्माण् अवधिभन्दा ६ महिना पहिले नै तयार भएको हो । एसियाली विकास बैंकको आर्थिक सहयोगमा धनगढीमा सञ्चालित सघन सहरी विकास कार्यक्रम अन्तर्गत कनरीमा करिब १५ रोपनी क्षेत्रफलमा २० महिनाको समय सीमा दिएर निर्माण थालिएकोमा त्यो समयभन्दा अगाडी निर्माण कार्य सम्पन्न गरिएको हो । देवसिंह रुद्रावती प्रशंसा जेभीले २ करोड ९० लाखमा ठेक्का सम्झौता गर्दै निर्माण पुरा गरेकोमा अहिले शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयलाई भुक्तानीका लागि निवेदन दिएको निर्माण व्यवसायी दीर्घ जोशीले बताए । अघिल्लो आर्थिक वर्षमा पनि पाउनुपर्ने भुक्तानी नपाएपनि उधारोमै निर्माण सम्पन्न गराएको निर्माण कम्पनीको दावी रहेको छ । 

 

संघीय र प्रदेश सरकारका कारण बजेट आउन ढिलाई हुँदा रिण निकालेर भुक्तानी गर्दै जिम्मेवारी पुरा गरेको निर्माण कम्पनीले वताए पनि त्यो हस्तान्तरणमा ढिलाई हुँदा सञ्चालनमा आउन पनि समय लाग्ने भएको छ । सुदुरपश्चिमवाट वार्षिक ५० करोड वढीको जडिबुटी भारत निकासी हुने गरेको र करौडौका जडिबुटी चीन निकासी हुने गरेको अवस्थामा बजेट नआउँदा निर्माण सकिदा पनि सञ्चालनमा आउन ढिलाई हुने भएको हो । शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका ईन्जिनियर मोहन अवस्थीले केही दिनमा बजेट आएपछि भुक्तानीपछि भवन हस्तान्तरण गरिने जानकारी दिए । 
 

 

सीताराम ओझा दिनेश खवरका संम्पादक हुन्। उनले खेलकुद र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस