सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको निसर्ग अस्पतालमा सिटी स्क्यान जडान

२०७८ जेठ १७, ०७:३१ खबर संवाददाता

धनगढीः धनगढीमा निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरमा सिटी स्क्यानसहित न्यूरो ट्रमा सेवा सुरु भएको छ।

यसअघि अन्य हस्पिटलमा सिटी स्क्यान सेवा भए पनि न्यूरो ट्रमा सेवा भने उपलब्ध थिएन। निसर्ग अस्पतालमा सिटी स्क्यानसहितको न्यूरो ट्रमा सेवा निसर्गमा सुरु भएको अस्पतालले जनाएको छ। 

गत फागुनमा न्यूरो ट्रमा सेन्टर स्थापना गरेपनि सिटी स्क्यान थिएन। बाहिरबाट सिटी स्क्यान गरेका बिरामीको न्यूरो सर्जरी भने अस्पतालले गर्दै आएको थियो। 

बाहिरबाट गरिएको सिटी स्क्यानका आधारमा अप्रेसन गरे पनि बिरामीको अवस्था थाहा पाउन पुनः सिटी स्क्यान गर्नुपर्ने भएकाले त्यसका लागि 

विरामीलाई अन्य अस्पतालमा पठाउँदा झण्डटिलो मात्र नभई जोखिम देखिएपछि आफैले सिटी स्क्यान मेसिन जडान गरेको अस्पतालका अध्यक्ष तीर्थराज पन्तले बताए। 

‘हामीले सुदूरपश्चिममै पहिलोपटक न्यूरो ट्रमा सेवा सुरु ग¥यौँ, तीन महिनाको अवधिमै करिब ४८ जनाको अप्रेसन सम्पन्न भयो’, अध्यक्ष पन्तले भने, ‘न्यूरो टिम हुँदा पनि सिटी स्क्यान नहुँदा केही अपुगजस्तो लाग्यो अनि लकडाउनका बीच पनि सिटी स्क्यान मेसिन मगाएर जडान ग¥यौँ।’ 

अमेरिकन जीई कम्पनीको अत्याधुनिक सिटी स्क्यान मेसिन अस्पतालले साढे ३ करोडको लागतमा जडान गरेको जनाइएको छ। 

कमेन्ट लोड गर्नुस