सुदूर नेपाललाई विश्वसँग जोड्दै

आर्थिक मन्दिको प्रभाव भयावह बन्यो, यस्ता छन् कारणहरु

२०७८ जेठ १६, ०७:००

वीरेन्द्र भट्ट 

धनगढीः कोरोना भाइरसबाट मृत्यु हुने दर अझै रोकिएको छैन्। संक्रमण दर र मृत्युदर बढेकै कारण स्थानीय प्रशासनले निषेधाज्ञा बढाउँदै लगेको छ। महामारीका कारण यतिबेला सवै क्षेत्र प्रभावित बन्न पुगेको छ। कोरोना भाइरसका कारण सिर्जित आर्थिक मन्दिको प्रभाव व्यापक बन्दै गएको अधिकारीहरु बताउँछन्। महामारीकै कारण श्रम बजार नै प्रभावित भएपछि गरिबी र असमानता बढ्ने चिन्तासमेत गरिन लागेको हो। 

आर्थिक वर्ष २०७७÷७८ मा सबै प्रदेशहरुको आर्थिक वृद्धिर तीन दशमलव ५ प्रतिशत मात्र रहने अनुमान गरिएको छ। सुन २०२० को सुरुदेखि नै कोरोना भाइरसको विश्वव्यापी महामारीले युगमा विरलै आउने मानवीय र आर्थिक संकट उत्पन्न गराइरहेको छ।

सन १८७० देखि हालसम्म १५० वर्षको अवधिमा विभिन्न प्रकृतिका वित्तीय संकटका कारण विश्वमा देखिएका आर्थिक मन्दीको तुलनामा कोरोना महामारीको कारण सिर्जित आर्थिक मन्दिको प्रभाव व्यापक र उच्च देखिएको भन्दै अधिकारीहरुले चिन्ता व्यक्त गर्न थालेका छन्।

कोरोना भाइरस समुदायस्तरमै फैलिरहेको अवस्थामा मानवीय क्रियाकलापमै अवरोध सिर्जना भइरहेको छ। सुदूरपश्चिम आर्थिक मञ्चका अध्यक्ष डक्टर राजेन्द्रवीर चन्दले सुदूरपश्चिमको मात्र नभएर समग्र मुलुकै अर्थतन्त्र नराम्ररी प्रभावित बन्न पु्गेको बताए। उनले कोरोना भाइरसकै कारण आर्थिक मन्दिको व्यापक सामना गर्नुपर्ने अवस्था आइरहेको समेत बताए।

अर्थतन्त्रका विभिन्न क्षेत्रहरु उत्पादन, वितरण र श्रम बजार नै प्रभावित भएकाले बेरोजगारी, गरिबी र असमानता बढेको अधिकारीहरु बताउँछन्। २०७८ बैशाखदेखि कोरोना भाइरस तीव्र गतिले बढ्दै गएकाले अर्थतन्त्रका सवै परिसुचकहरु प्रभावित बन्न पुगेका हुन्। तुलनात्मक रुपमा यातायात, पर्यटन लगायत सेवा क्षेत्रमा कोरोना भाइरसको सवैभन्दा बढि असर परेको छ।

नेपालमा प्रति एक लाख जनसंख्यामा १९ जनाको मृत्यु भएको देखिन्छ। दोस्रो लहर सुरु भएको ७४ दिनसम्मको अवधिमा भएको मानवीय क्षतिलाई आधार मान्दा कोरोना भाइरसको पहिलो लहरको तुलनामा दोस्रो लहरमा मृत्युदर पनि उच्च रहेको छ।

दोस्रो लहर सुरु भएपश्चात ३५ दिनको अवधिमै कोरोना संक्रमितको संख्या एक लाख भन्दा बढि पुगेकोमा पहिलो लहरमा यो संख्या पुग्न १४१ दिन लागेको थियो। दोस्रो लहर सुरु भएको ३९ दिनमै मृत्यु हुनेको संख्या एक हजार नाघेकोमा पहिलो लहरमा यो संख्या पुग्न ८ महिना अर्थात २४० दिन लागेको थियो।

पहिलो लहरको अवधिमा कुल संक्रमित संख्यामा मृत्युदर शून्य दशमलव ०९ प्रतिशत थियो भने दोस्रो लहरको ४७ दिनको अवधिमा यस्तो दर एक दशमलव २९ प्रतिशत पुगेको हो। आम मानिसलाई प्रभावित पर्ने गरी फैलिएको कोरोना भाइरसका कारण गरिबी र असमानता बढ्दै गएको बताउँदै अर्थविद डक्टर गुणाकरण भट्टले भने अर्थतन्त्रका सवै सुचकहरु प्रभावित बन्दै गएकाले गरिबी र असमानता अहिलेदेखि नै सुरु हुन थालेको छ।

चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशी लगानी स्वीकृती पाएका उद्योगको संख्या सुदूरपश्चिममा ४७ रहेको भएपनि कोरोना भाइरसको दोस्रो लहरका कारण लगानी स्वीकृतिबाहेक कुनै काम हुन सकेको छैन्। प्रदेशभित्र साना उद्योग ४१, मझौला एक तथा ठुला ५ वटा उद्योग स्थापनाका लागि उद्योग विभागबाट विदेशी लगानी स्वीकृति भएको भएपनि अहिलेकै अवस्थामा लगानी भित्र्नेमा विश्वस्त हुने आधार देखिदैन्।

कैलालीको हरैयामा विशेष आर्थिक क्षेत्र स्थापना एवं सञ्चालनको लागि विस्तृत ईन्जिनियरिङ अध्ययन एवं वातावरणीय प्रभाव मुल्यांकन सम्वन्धि कार्य सम्पन्न आर्थिक सर्वेक्षण २०७७ को प्रतिवेदनले देखाएको छ। लामो बन्दाबन्दीका कारण विशेष गरी श्रम बजार पुर्णतया प्रभावित बन्न पुगेको बताउँदै अर्थविद्  भट्टले समयमा कोरोना व्यवस्थापनका लागि उचित कदम चाल्न नसके मुलुकले सामना गर्नै नसक्ने गरी वित्तीय संकट आउन सक्नेमा जोड दिए। सरकारले लिएका आगामी लक्ष्यहरु भेटाउन भाइरसकै कारण त्यति सहज नभएको उनको भनाइ छ।

कोरोना भाइरस नियन्त्रणका लागि सीमा सम्वन्ध जोडिएका क्षेत्रहरुमा विशेष निगरानी गरेर प्रदेश र स्थानीय सरकार सक्रिय भएर अब पनि नलाग्ने हो भने अवस्था झनै भयावह बन्ने अधिकारीहरु बताउँछन्। भाइरसका कारण मृत्युदर नियन्त्रणमा आइनसकेको अवस्थामा कोरोनाविरुद्धको खोपका लागि तत्काल व्यवस्था गर्नुको विकल्प छैन्।
 

कमेन्ट लोड गर्नुस