सुदूर नेपाललाई विश्वसँग जोड्दै

जिल्ला स्वास्थ्य कार्यालय डोटीलाई २२ लाखको स्वास्थ्य सामग्री सहयोग

२०७८ जेठ १६, ०६:०२ रासस

डोटी: वर्ड भिजन इन्टरनेशनलको सहयोग तथा सिड नेपाल र सिडिसीको समन्वयमा जिल्ला स्वास्थ्य कार्यालय डोटीलाई अक्सिजन सिलिण्डरसहित विभिन्न स्वस्थ्य सामग्री हस्तान्तरण गरिएको छ। 

कोरोना सङ्क्रमितको उपचारका लागि भन्दै २२ लाख ६४ हजार ७२८ बराबरका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको बताइएको छ। 

सिड नेपाल डोटीका अध्यक्ष शेरबहादुर मल्लका अनुसार हस्तान्तरण गरिएका सामग्रीमा ७० ओटा ४६ लिटरका अक्सिजन सिलिण्डर, ७० थान पल्स ओक्समिटर, ७० वटा थर्मल टेम्प्रेचर गन, पिपिई सेट, पाँच लिटर सेनिटाइजर, पाँच हजार वटा मास्कलगायत रहेका छन्। 

जिल्लामा कोरोना सङ्क्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई उपचारमा सहज होस् भन्ने उद्देश्यले ती स्वास्थ्य सामग्री सहयोग गरीएको सिड नेपालले जनाएको छ।

कमेन्ट लोड गर्नुस