सुदूर नेपाललाई विश्वसँग जोड्दै

कागती खेती विस्तार कार्यक्रमले किसान उत्साहित

फाईल फोटो
फाईल फोटो
२०७८ जेठ १५, ०७:१९ रासस

काठमान्डौँ: नेपाल सरकारले स्याङ्जासहित १० जिल्लामा कागती खेतीको विस्तार गर्ने भएको छ। 

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८÷०७९ को बजेट सार्वजनिक गर्दै स्याङ्जासहित १० जिल्लामा कागती खेती विस्तार गर्न बजेटको व्यवस्थाको घोषणा गरेका हुन्। 

उक्त घोषणा गरेसँगै यहाँका कृषकहरु उत्साहित छन् । स्याङ्जा जिल्लामा सुन्तला खेतीबाट याहाँ कृषकले राम्रो आम्दानी लिँदै आएकोमा कागती खेतीसमेत विस्तार हुने भएपछि कृषकहरु उत्साहित भएका हुन्। 

चापाकोट–१० का किसान यामप्रसाद भट्टराईले कागती खेतीको विस्तार गर्ने खबरले आफूलाई निकै खुशी लागेको बताए। 

पुतलीबजार नगरपालिका–३ बाडखोलाका अनन्तकुमार श्रेष्ठले जिल्लामा कागती खेतीको विस्तार कार्यक्रमले किसानले यसबाट राम्रो आम्दानी लिन सक्ने बताए।
 
बजेटमा वालिङ नगरपालिकालाई स्मार्ट सिटीका रुपमा अगाडि बढाउने उल्लेख भएकोमा पनि स्थानीयबासी खुशी भएका छन्। 

वालिङ–१० का स्थानीय बासिन्दा एवं उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य तथा वालिङ उद्योग वाणिज्य सङ्घ अध्यक्ष शोभाकान्त पौडेलले बताए।

 
 

कमेन्ट लोड गर्नुस