मासिक २ हजारले बढ्यो निजामती कर्मचारीको तलब
२०७८ जेठ १५, ०६:५४
धनगढीः नेपाल सरकारले निजामती कर्मचारीको तलब बढाएको छ। आगामी साउन १ गतेदेखि लागू हुने गरी सबै कर्मचारीको तलब मासिक २ हजारका दरले बढाएको हो।
त्यस्तै, महँगीभत्तालाई समेत निरन्तरता दिइएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताए। कोभिड संक्रमणका कारण अन्य खर्चले गर्दा स्रोतमा चाप परेकाले दुई हजार मात्र बढाइएको अर्थमन्त्रीले बताए।
कमेन्ट लोड गर्नुस