सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको हल्दुखालमा रामलिला महोत्सव

२०७५ कार्तिक ४, ०५:१३ खबर संवाददाता

कञ्चनपुरको हल्दुखालमा आजदेखी रामलीला महोत्सव सुरु हुन लागेको छ। जगन्नाथ रामलीला कमिटिको आयोजनामा हुन लागेको महोत्सवको तयारी सकिएको आयोजकले जनाएको छ।

रामलिला महोत्सव भीमदत्त नगरपालिका वडा नम्बर ७ हल्दुखालमा रहेको महाकाली जनसेवा उच्च माध्यमिक विद्यालयको प्राङगणमा  चल्नेछ।

भगवान रामचन्द्रको जिवनीमा आधारित रामलीला महोत्सवको नेकपाका नेता तथा पूर्व वाणिज्यराज्य मन्त्री लेखराज भट्टले उद्घाटन गर्नेछन्।

रामलिलाको वरिष्ठ  कलाकार भीम पन्तले निर्देशन गर्ने आयोजकले जनाएको छ। 
   .
 

कमेन्ट लोड गर्नुस