सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वास्थ्य क्षेत्रमा बजेट वृद्धि

फाईल फोटो
फाईल फोटो
२०७८ जेठ १५, ०५:२८ रासस

काठमान्डौँ: सरकारले स्वास्थ्य क्षेत्रमा बजेट वृद्धि गरेको छ। 

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सिंहदरवारमा आयोजित कार्यक्रममा आगामी आर्थिक वर्ष २०७८÷०७९ को बजेट प्रस्तुत गर्दै गतवर्ष भन्दा यसवर्ष स्वास्थ्य क्षेत्रको बजेट वृद्धि गरिएको जानकारी दिए। 

उनले स्वास्थ्य क्षेत्रको एक खर्व २२ अर्ब ७७ करोड बजेट विनियोजन गरिएको बताए। 

उनले सरकारले  कोरोना सङ्क्रमण न्यूनिकरणका लागि बजेट केन्द्रीकृत गरेको र  बजेट अभाव हुन नदिने जानकारी पनि दिएका छन्।

यस्तै सरकारले कोभिड–१९ को रोकथाम, उपचार र नियन्त्रणका लागि ३७ अर्ब ५३ करोड  विनियोजन गरेको छ। 

यस्तै सरकारले कोभिड–१९ विरुद्धको खोपका लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको छ। 
 

कमेन्ट लोड गर्नुस