सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना संक्रमित गायक जनम थुलुङको निधन

। फोटो स्रोत ।
२०७८ जेठ १५, ०३:५३ खबर संवाददाता

काठमाडौं: कोरोना भाइरसको संक्रमण पुस्टि भएका गायक, गीतकार तथा संगीतकार जनम थुलुङको निधन भएको छ।

ललितपुरको एक अस्पतालमा आईसीयूमा उपचाररत उनको विहीबार राति निधन भएको हो। वि.सं. २०४४ मा खोटाङको एैसेलुखर्क गाउँपालिको राई गाउँमा गायक थुलुङको जन्म भएको थियो।

विगत एक दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा क्रियाशील उनका ‘मरे कटुन्जे’, ‘खुवालुङ खुल’, ‘संजोगले भेट हुँदा आँशु खस्यो’, ‘गाउँमै छुट्यो’लगायतका गीतहरु चर्चित छन्।
 

कमेन्ट लोड गर्नुस