सुदूर नेपाललाई विश्वसँग जोड्दै

भोकको समस्या टार्न कैलालीमा ‘फुड बैङ्क’

फाइल फोटो
फाइल फोटो
२०७८ जेठ १५, ०२:५१ रासस

धनगढी: कोरोना कहरका कारण रोग सँगसँगै भोकले कसैले ज्यान गुमाउनु नपरोस् भन्ने सोचका साथ कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापुरका युवाले ‘फुड बैङ्क’ स्थापना गरेका छन्।

कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम बढ्दै गएपछि जारी निषेधाज्ञा पनि बढ्दै गएका कारण केही नहुनेलाई परेको समस्या समाधानका लागि युवाको पहलमा ‘फुड बैङ्क’ स्थापना गरिएको हो। महामारीको समयमा मानिसलाई खानैका लागि समस्या नहोस् भनेर स्थानीयस्तरमा समस्यामा रहेका विपन्न परिवारलाई सहयोग पुग्ने उद्देश्यले ‘फुड बैङ्क’ स्थापना गरिएको युवा धनश्याम बमले जानकारी दिए। 

अहिले ‘फुड बैङ्क’मा चामल, दाल, गेडागुडी, नुन, तेल, बेसारलगायत खाद्य सामग्री राखिएको उनले बताए। दैनिक उपभोग्य सामग्रीको तालिका बनाएर ‘फुड बैङ्क’मार्फत विपन्न परिवारलाई वितरण गर्ने बताइएको छ। फुड बैङ्कमा सहयोग उपलब्ध हुने क्रम जारी रहेको बताइएको छ।

कमेन्ट लोड गर्नुस