सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा थ्री डीभीएलद्वारा राहत वितरण

२०७८ जेठ ११, ०७:२८ खबर संवाददाता

डोटी: डोटीमा थ्री डीभीएलको टिमले राहत वितरण गरेको छ।

डोटीको आदर्श गाउँपालिका वडा नम्बर २ का १० परिवारलाई राहत वितरण गरिएको थ्री डीभीएल डोटीका संयोजक खेमराज ओझाले बताए।

ज्यालादारी गरेर दिन बिताउने अति विपन्न घर परिवारहरुलाई निषेधाज्ञाले खानलाउन समस्या भएपछि थ्री डीभीएलको टिमले राहत वितरण अभियानको सुरूवात गरेको हो।

थ्री डीभीएल डोटीका आकाश खड्का र देव खड्का र विकास खड्कालगायतको संयुक्त पहलमा सुरु गरिएको अभियानअन्तर्गत आदर्श गाउँपालिकाका ७ वटै वडाका अति विपन्न परिवारहरूलाई राहत वितरण गरिने जनाइएको छ। 

जयराज ओझा, पुस्पराज ओझा, विष्णुराज जोशी, डी‍‍आर ओझा र विजय राज ओझाको आर्थिक सहयोगमा अभियानमा सञ्चालन भइरहेको छ।

 

कमेन्ट लोड गर्नुस