सुदूर नेपाललाई विश्वसँग जोड्दै

एउटै वडाबाट १० लाखको बन्दा निर्यात

२०७५ कार्तिक ३, ०७:१० खबर संवाददाता

तरकारीका लागि पकेट क्षेत्रका रूपमा परिचित बैतडीको दशरथचन्द नगरपालिका–१ बाट १० लाख बढीको बन्दा निकासी भएको छ । दुई महिनाको अवधिमा वडा नम्बर १ बाट  १० लाख बढीको बन्दा तराईतिर निकासी भएको किसान कृष्णदत्त भट्टले जानकारी दिनुभयो । तरकारी खेतीबाट राम्रो आम्दानी भईरहेकोले कृषक तरकारी खेती तर्फ आकर्षित छन् ।  पछिल्लो समयमा किसान व्यवसायिक तरकारी खेतीमा आवद्ध भएपछि उनीहरूको जिविकोपार्जनमा सहज भएको जेटीए पुस्करराज भट्टले बताए । अन्य खेतीको तुलनामा तरकारी खेतीबाट फाइदा हुने भएकाले वडा नं १ का अधिकांश किसानले तरकारी खेती गरिरहेका छन् ।

किसान कृष्णदत्त भट्ट, चन्द्रदेव भट्ट, जयसिंह टेर, कृष्ण  बोहरा, भरत टेर लगायतले एक लाख बढीको बन्दा बिक्री गरेका छन् । अन्नबालीबाट आम्दानी हुन छाडेपछि किसानले पछिल्लो समय तरकारी खेतीबाट राम्रो आम्दानी गर्न थालेकोले तरकारी खेतीमा आर्कषण बढेको शिखर बिउ प्रवर्धन केन्द्रका प्रोपाइटर देब दत्त भट्टले बताए । अहिले उपभोग्य सामान किन्नका लागि तरकारी बेचेरै किन्न सकिन्छ भने नजिकैको बजारभन्दा पनि जिल्ला बाहिर समेत किसानको तरकारी गइरहेको छ ।

प्रतिकिलो २० का दरले किसानले बन्दा बिक्री गरेको दशरथचन्द नगरपालिका–१ का कृषि जेटीए सविता चन्दले बताईन् । बन्दा लगाउने किसानलाई वडा नम्वर १ को कार्यालयले ५० प्रतिशत अनुदानमा बन्दाको बीऊ उपलब्ध गराएको थियो । किसान तरकारी खेतीमा आत्मनिर्भर बन्दा उनीहरूलाई जिविकोपार्जन गर्न सहज भएको छ भने उपभोक्ताले पनि सजिलै तरकारी किन्न पाएका छन् । दशरथचन्द नगरपालिका १ का अन्य धेरै किसान समेत तरकारी खेतीबाटै आत्मनिर्भर बनेका छन् ।

 

कमेन्ट लोड गर्नुस