सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङ्गमा कोरोना परीक्षणको दायरा बढाइदै

२०७८ जेठ ११, ०७:३७ खबर संवाददाता

बझाङ्गः बझाङ्गमा कोरोना परीक्षणको दायरा बढाइने भएको छ। 

दिन प्रतिदिन कोरोना संक्रमितहरूको संख्या बढ्दै गएपछि कारोना परीक्षण दायरा बढाउने तयारी भइरहेको स्वास्थ्य कार्यालय बझाङ्गका प्रमुख भानुभक्त जोशीले बताए। 

जिल्लामा कोरोना भाइरस विकराल रूपमा फैलिएर स्थिति भयावह बनेपछि कोरोना परीक्षणका लागि ५  हजार किट उपलब्ध गराइदिन कार्यालयले स्वास्थ्य मन्त्रालयसँग माग गरेको थियो। मन्त्रालयबाट किट ५ दिन भित्रमा आइपुग्ने जोशिले बताए। 

उनले केही दिनमा किट जिल्लामा पुग्ने हुँदा परीक्षणको दायरा बढाउन जिल्लाका १२ वटै पालिकाका स्वास्थ्य संयोजकलाई अनुरोधसमेत गरेका छन्। 

परीक्षणको दायरा बढाइएपछि महामारीलाई नियन्त्रण गर्न सकिने उनको विश्वास छ। 
 

कमेन्ट लोड गर्नुस