सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा ‘कोभीड विरुद्ध सामुदायिक अभियान’ सञ्चालन

। फोटो स्रोत ।
२०७८ जेठ १०, १०:५९ खबर संवाददाता

दार्चुलाः दार्चुलामा कोभीड विरुद्ध सामुदायिक अभियान सञ्चालन गरिएको छ। जिल्लाकोे दुहुँ गाउँपालिकाले सो अभियान सञ्चालन गरेको हो। 

गाउँपालिकाका प्रत्येक वडामा पुगेर शंकास्पद बिरामीहरुको कोरोना परीक्षण गर्ने, कोरोनाका बिषयमा जानकारी दिने लगायतका काम भईरहेका गाउँपालिकाका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीले बताए।

कोरोना भाईरसको संक्रमण न्यूनीकरणका लागि गाउँगाउँमा पुगेर सचेतना फैलाउन जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतको टोली गाउँगाउँमा पुग्ने गरेको अध्यक्ष कार्कीले बताए। शंकास्पद बिरामीहरुको एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्ने र कोरोना पुष्टि भएकाहरुलाई अलगै आइसोलेसनमा राख्ने गरिएको उनले बताए। 

गाउँपालिकाका ५ ओटै वडामा सो अभियान सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ। 

कमेन्ट लोड गर्नुस