सुदूर नेपाललाई विश्वसँग जोड्दै

शुभकामना आदान–प्रदान गर्ने शैली डिजिटलमय वन्दै

२०७५ कार्तिक २, ०९:१० कमल सावद

प्रविधिको विकाससंगै विजयादशमीमा शुभकामना आदान–प्रदान गर्ने शैली वदलिदैं गएको छ। हातले लेखेर शुभकामना दिएकाहरु पुस्ताहरु पनि नयाँ सूचना प्रविधिको प्रयोग गर्न थालेका छन। सूचना प्रविधिको वढ्दो प्रयोगले शुभकामना दिने शैली डिजिटलमय वन्दै गएको हो। भेटेर शुभकामना दिने पोष्टकार्ड सदने र पुष्पगुच्छा साटासाट गर्ने चलन हराउँदै छ । पोष्टकार्ड सहितका शुभकामना कार्ड पठाउने परम्परालाई ईन्टरनेटले विस्थापित गर्न थालेको छ। पछिल्ला बर्षहरुमा सामाजिक सञ्जालहरुमा शुभकामना आदान प्रदान भईरहेका छन। केही वर्ष यता  मोवाईल र सामाजिक सञ्जालको प्रयोग गर्दै शुभकामना आदान प्रदान भैरहेका छन । प्रविधिले मानिसहरूलाई परम्परागत शैली पनि बिर्साइदिएको धनगढी उप–महानगरपालिका वडा नम्बर २ का निराजन सिहले बताए ।

चाडपर्वको महत्व उस्तै छन् तर त्यसलाई मनाउने शैली बदलिएको छ । प्रविधिले मानव जीवनमै व्यापक उथलपुथल ल्याइदिएको छ। बजारमा पुगेर पोस्टकार्ड किन्ने, प्रेसमा गएर कार्ड छाप्ने चलन अब हट्दै गएको छ । भेटेर शुभकामना दिने र पुष्पगुच्छा साटासाट गर्ने चलन पनि करिव–करिव हराईसकेको छ । सामाजिक सञ्जाल फेशबुक, ईमेल, ईन्टाग्राम, टुईटर मार्फत शुभकामना आदान प्रदान भैरहेका छन । धनगढीका ८८ बर्षिया दलबहादुर विष्ट पहिले र अहिले शुभकामना दिने शैली फेरिएको वताउँछन् । चाडपर्वको महत्व उस्तै छन् तर त्यसलाई मनाउने शैली बदलिएको छ । प्रविधिले मानव जीवनमै व्यापक उथलपुथल ल्याइदिएको छ। बजारमा पुगेर पोस्टकार्ड किन्ने, प्रेसमा गएर कार्ड छाप्ने चलन अब हट्दै गएको छ । भेटेर शुभकामना दिने र पुष्पगुच्छा साटासाट गर्ने चलन पनि करिव–करिव हराईसकेको छ । सामाजिक सञ्जाल फेशबुक, ईमेल, ईन्टाग्राम, टुईटर मार्फत शुभकामना आदान प्रदान भैरहेका छन।  

दशैको समायमा भेटेरै शुभकामना दिने, मेला महोत्सवमा मात्र भेट गर्ने र शुभकामना आदान प्रदान गर्ने शैली हराउदै गएको छ । अव शुभकामना दिन भेट्ने पर्ने बाध्यता छैन । सामाजिक सञ्जालको व्यापकताले सबैलाई सजिलो बनाएको छ । दशैंको समयमा भेटघाट गर्ने, पोष्टकार्ड दिने शुभकामना पत्र दिने चलन हट्दै गएपछि त्यसको सट्टामा मोबाइलका ब्याकटोन समेत परिवर्तन हुदै गएका छन् । विजयादशमी तथा दीपावलीको शुभ–अवसरमा यहाँहरूको सुख, शान्ति, सुस्वास्थ्य तथा दीर्घायुको हार्दिक मंगलमय शुभकामना भन्ने ब्याकटोनको प्रयोग हुदै आएका छन।

फेसबुक र ट्विटर लगायतका सामाजिक सञ्जालका भित्ताहरू यतिबेला शुभकामनाले रङ्गीएका छन। इन्टरनेटको प्रयोगसँगै शुभकामना आदान–प्रदानको शैली नै पूर्णतया डिजिटलमय भएको छ । कतिपय मानिस नयाँ शैलीले खर्च समेत जोगाएको बताउँछन् । चर्चित नायक–नायिका तथा मोडलहरूको तस्बिर भएका पोस्टकार्ड किनेर त्यसको पछाडि सायरी लेखेर शुभकामना पठाउने चलन बन्द भैसकेको छ । समयसँगै धेरै कुरा परिवर्तन भएका छन् । हिजोआज मोबाइल एसएमएस धेरैको प्राथमिकतामा पर्छ । यो सुविधा आउनु पहिले पढेलेखेका मानिसले कागजमा चित्र बनाएर शुभकामना खाममा हालेर चिठ्ठीका रूपमा पठाउँथे । हुलाक सेवा मार्फत दसंै अघि पठाइएका यस्ता कतिपय शुभकामना पोस्टकार्ड तिहारपछि मात्र सम्बन्धित व्यक्तिको हात लाग्थे। नयाँ प्रविधिको सहयोगमा त्यो शैलीले फड्को मारिसकेको छ । क्षणभरमै आफ्नो सन्देश पाउन थालिएको छ ।

ईन्टरनेटमा पहुँच भएकाहरूले सामाजिक सञ्जाललाई नै शुभकामना आदान–प्रदान गर्ने माध्यम बनाउनु अब नौलो रहेन । इन्टरनेटमा रम्नेहरूले त सामजिक सञ्जालको भरपुर प्रयोग गर्दै आएका छन् । नेपालीहरूको घरदैलोमा आएको बडादसैंका बेला सामाजिक सञ्जालहरू शुभकामनाका शब्द र कार्डहरूले रङ्गिएका छन् । फेसबुक, ट्विटरजस्ता सामाजिक सञ्जालले उपलब्ध गराउने सुविधाका कारण नयाँ पुस्ताले पुरानो शैलीको झनकसम्म पाउने स्थिति छैन । गुप्र च्याट, गुप्र म्यासेज साथै वालमा राखिने कार्डले सजिलै सन्देश प्रवाह गर्न सकिन्छ । 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस