सुदूर नेपाललाई विश्वसँग जोड्दै

घरपरिवार र समाजलाई सम्झदै कारागारका कैदीबन्दी दशैँमा एकआपसमा रमाउदै

दशैँ मान्न आठ खसी र चार बोका खरिद

२०७५ कार्तिक १, ०२:३९ जनक विष्ट

दशैँको रौनकले कैलाली कारागारका कैदीबन्दीहरुलार्ई पनि छाएको छ। दशै सुरु भएदेखी नै विभिन्न कार्यक्रम गरेर एक आपसमा खुशी साटासाट गरिरहेका कैदीबन्दीहरुले कारागारमै भएपनि समान्य जीवनमा जस्तै दशैँ मनाउने तयारी गरिरहेका छन्। घरपरिवार र समाजलाई सम्झदै घटस्थापना अगाडी देखी नै दशैँको तयारी थालेका कैदीबन्दीहरुलाई विभिन्न क्षेत्रबाट सहयोग प्राप्त भएपछि यो दशैँ भव्य हुने अपेक्षा गरेका छन्। उनीहरुले दशैँ मान्न सहयोग स्वरुप प्राप्त भएको रकमले आठ खसि र चारवटा बोका समेत खरिद गरेका छन्। 

कैलाली कारागार पुग्दा त्यहाँ दशैँको माहोललाई संगीतले तताएको थियो। डिजेमा ठुलो आवाजमा बजेका दशैका गीत, त्यसैमाथि बन्दी जीवन बिताईरहेकाहरुको तालीको गडगडाहट । भित्रपट्टी सानो मञ्च बनाईएको थियो त केही व्यक्तीहरु गीतको तालमा ताल मिलाएर नाचिरहेका थिए। कारागारमा बसेकाहरुले घटनस्थापनादेखि नै दुःखहरु बिर्सदै दशै मानिरहेका हुन्। कैदीबन्दी भएर कारागार बस्नुपरे पनि दशैँलाई भने समान्य जिवनमा जस्तै गरी मनाउन लागेको टीकापुर हत्याकाण्डको आरोपमा बन्दी जीवन बिताइरहेका लक्ष्मण थारुले वताए। 

कैदीबन्दीहरुलाई दशैँकै लागि भनेर जिल्ला प्रशासन कार्यालय, धनगढी उप–महानगरपालिका, उद्योग वाणिज्य संघ लगायतका विभिन्न संघसंस्थाले आर्थिक सहयोग समेत गरेका छन्। ती निकायहरुबाट प्राप्त भएको रकमले खरिद गरेका आठ खसी र चार बोकाले कैदीबन्दीले दशैँ मान्ने तयारी गरेको  कैदीबन्दीका नाइके कपिल विष्टले जानकारी दिए । कारागारमा रहेका पुरुष कैदीबन्दीले जस्तै महिलाले पनि यो दशैलाई भव्य रुपमा मनाउने तयारी गरेका छन्। चार दिवारभित्रको जीवन भएपनि त्यहाँ रहेका दिदीबहिनीहरुसँग आपसमा रमाएर दशैँ मनाइरहेको महिला कैदीबन्दीकी नाइके लक्ष्मी कौसलले बताईन्। 

हुन त नजिक घर भएकाहरुका परिवारका सदस्य दशैँको दिन टिका थाप्न र लगाउन  कारागारमा आउने गर्छन् भने मिठो मसिनो समेत पु¥याइदिन्छन्। तर टाढा घर भएकाहरु भने समाज र परिवारलाई सम्झदै दशै मानिरहेका छन्। दशैँमा प्रत्येक कैदीबन्दीहरुलाई नेपाल सरकारले तीन सय रुपैया खर्च स्वरुप दिने गरेको छ। कारागार प्रशासनले सो रकम कैदीबन्दीहरुलाई वितरण गरिसकेको कैलाली कारागारका निमित्त जेलर जनक बहादुर सिहलेजानकारी दिए। कैलाली कारागारमा तीन सय ९४ कैदीबन्दी रहेकोमा ३ सय ६६ पुरुष, एक नाबालिका,  र २७ जना महिला कैदी बन्दी रहेका छन् । 

 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस