सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका किसान भन्छन, ‘तरकारी बारीमै सड्दा रुन मन लाग्छ’

फाईल फोटो
फाईल फोटो । फोटो स्रोत ।
२०७८ जेठ ६, ०३:१२ रासस

कैलालीः कैलालीको घोडाघोडी नगरपालिका –८ मा एक बिगाहामा तरकारी खेती गरेका रामलाल चौधरी आजभोलि बारीमा फलेका तरकारी बिक्री नभएपछि तनावमा छन्। 

तरकारीले ठिक्क बजार पाउने बेला कोरोना सङक्रमण रोक्न प्रशासनले निषेधाज्ञा जारी गरेपछि तरकारी खपत हुने व्यवसाय बन्द हुँदा तरकारी बारीमै सडिरहेका छन्। करेला, तनेबोडी, लौका, फर्सी, काँक्रा, गोलभेडा लगाएका छन्। रामलालले सुखड, बौनिया, बलियालगायतका बजारमा आफ्ना उत्पादन बेच्दै आएको तर निषेधाज्ञाले चौपट भएको गुनासो गरे। 

अहिले बजार बन्द भएको र वरपरका मानिसहरू तरकारी लिन आएपनि त्यो बिक्रीले व्यवसायमा केही फरक नपर्ने उनको भनाई छ। निषेधाज्ञाले व्यापार नहुँदा मेहेनत गरेर उब्जाएका तरकारी बारीमै सड्दा रुन मन लाग्ने चौधरीको भनाइ छ।

सामान्य अवस्थामा एक सिजनमा तरकारी बेचेर पाँच लाख रुपैयाँसम्म बचत हुने गरेको रामलाल सुनाउछन्। “तर के गर्नु दुःख ग¥यो ग¥यो, बेच्ने समयमा ठ्याक्कै बन्द हुन्छ, गत वर्ष पनि यही समयमा लकडाउनले तरकारी सबै खेर गयो”, रामलालले सुनाए। 

रामलाल जस्तै सोही ठाउँका श्यामलाल चौधरी पनि तरकारी बिक्री गर्ने सिजनको समयमा निषेधाज्ञा भएपछि चिन्तित छन्। श्यामलालले एक बिगाहामा उत्पादित तरकारी बिक्री गर्न पाउनु भएको छैन। “उत्पादित तरकारीले बजार नपाउँदा बैकको ब्याज तिर्न समस्या हुनुका साथै  उत्पादित तरकारी बारीमै सड्दा निकै पिर लाग्ने गरेको छ”, श्यामलालको भनाइ छ।
 

कमेन्ट लोड गर्नुस