सुदूर नेपाललाई विश्वसँग जोड्दै

मृगौलाले काम गर्न छोडेपछि जीवन मरणको दोसाँधमा बाजुराका जैसी

२०७८ जेठ ४, ०२:४७ खबर संवाददाता

धनगढीः बाजुराको बुढीगंगा नगरपालिका–२, ब्रह्मतोलाका एक युवकले उपचारमा सहयोग गरेर आफ्नो ज्यान जोगाइ दिन याचना गरेका छन्।

मृगौला रोगबाट पीडित १८ वर्षीय रामप्रसाद जैसी सहयोगको याचना गरेका हुन्। दुवै मृगौला फेल भएका उनी आर्थिक अभावले थप उपचार गर्न समस्या भएपछि सहयोगको याचना गरेका छन्।

विगत ८ वर्षदेखि मृगौला रोगबाट पीडित उनी दुवै मृगौलाले काम गर्न छाडेपछि अहिले मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचार गराइरहेका छन्।

गरिबीका कारण परिवारले थप उपचार गराउनसक्ने अवस्था नभएपछि जोशी अस्पतालको शैय्यामा जीवन र मरणको दोसाँधमा छन्।

उनका बुवा छैनन् । परिवारको एक्लो छोरा उनका तीन दिदीबहिनीकोमध्ये दुई जनाको विवाह भइसकेको छ। आमाले उपचार गराउन सक्ने अवस्था नभएपछि उनका भिनाजु पदमराज रेग्मीले उपचार गराउँदै आएका छन्। मृगौला प्रत्यारोपणमा धेरै खर्च लाग्ने भएकाले आफूले पनि व्यहोर्न सक्ने अवस्था नरहेको रेग्मीले बताए। पीडितको परिवारका अनुसार चिकित्सकले उनको नयाँ जीवनका लागि मृगौला प्रत्यारोपण गर्नुपर्ने सल्लाह दिएका छन् ।

मृगौला प्रत्यारोपणका लागि १०–१२ लाखभन्दा बढी रकम लाग्ने बुझिएको आफन्तले बताएका छन्। 

‘अहिलेसम्म सक्दो उपचार गराइरहेको थिएँ, मृगौला प्रत्यारोपणका लागि लाग्ने त्यतिधेरै रकम मैले पनि जुटाउन सक्दैन’ रेग्मीले भने, ‘मृगौला फेर्न सके उसले नयाँ जीवन पाउथ्यो।’

मृगौला प्रत्यारोपणका लागि लाग्ने खर्च व्यहोर्नसक्ने अवस्था नरहेकाले जीवन रक्षाका लागि सहयोगको याचना गर्नुको विकल्प नभएको उनले बताए।

चिकित्सकले मृगौला प्रत्यारोपण गर्नुपर्ने भनेपछि जैसीका आफन्त पैसाको खोजीमा भौतारिरहेका छन्। डाक्टरले स्वास्थ्यमा थप जटिलता आउन नदिन जतिसक्दो चाँडो मृगौला प्रत्यारोपण गर्न सल्लाह दिएको पीडितका आफन्तको भनाइ छ।

सहयोग गर्न इच्छुक व्यक्ति वा संघ संस्थाले रामप्रसादका भिनाजु पदम रेग्मीको मोबाइल नम्बर ९८६९६१३७६५ मा सम्पर्क गर्न वा उनकी दिदी कृष्नाकुमारी जैसीको नाममा सिद्धार्थ बैंक लिमिटेड ठीमी भक्तपुर शाखामा रहेको खाता नम्बर ०१७१५४१४३५० मा रकम जम्मा गर्नसक्ने छन्।
 

कमेन्ट लोड गर्नुस