सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोनाका कारण कैलाली-कञ्चनपुरसहित २० जिल्ला अति जोखिममा

२०७८ जेठ ४, ०८:१६ खबर संवाददाता

काठमाण्डौ – कोरोना भाइरस सङ्क्रमणबाट कैलाली-कञ्चनपुरसहित २० जिल्ला अति जोखिममा छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार कैलाली, कञ्चनपुर, काठमाण्डौ, ललितपुर, भक्तपुर, मोरङ, रुपन्देही, काभ्रे, कास्की, बाँके, दाङ, चितवन, सुर्खेत, झापा, मकवानपुर, धनुषा, सुनसरी, पर्सा, बर्दिया र पाल्पा बढी जोखिममा छन्।

यी जिल्लाहरुमा सङ्क्रमितको संख्या धेरै रहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयकाअनुसार देशभर सक्रिय सङ्क्रमितको संख्या १ लाख १३ हजार नाघेको छ।

देशभर ७ सय ८ क्वरेण्टीनमा छन्। १ हजार २ सय ५९ आईसीयू र ४ सय सङ्क्रमित भेन्टिलेटरमा छन्। मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा ३९ आईसीयू र नौ जना भेन्टिलेटर, प्रदेश–१ मा १ सय ७४ आईसीयू र ५२ भेन्टिलेटर, प्रदेश–२ मा २ सय ७ आईसीयू र ५७ जना भेन्टिलेटरमा छन् । वाग्मती प्रदेशमा ५ सय २९ जना आईसीयू र २ सय २३ जना भेन्टिलेटरमा उपचाररत छन्। 

गण्डकी प्रदेशमा १ सय १६ आईसीयू र ३३ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा १ सय १३ आईसीयू र १८ जना भेन्टिलेटर, कर्णालीमा ८१ आईसीयू र ८ जना भेन्टिलेटरमा उपचाररत छन्।
 

कमेन्ट लोड गर्नुस