सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई कोरोना संक्रमण

२०७८ जेठ ३, ०५:१४ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। 

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा वैशाख २७ गते पीसीआर परीक्षण गर्दा उनीमा संक्रमण पुष्टि भएको हो। 

मुख्यमन्त्रीको निजी सचिवालयका अनुसार उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ। उनको होम आइसोलेसनमै उपचार भइरहेको छ। 
 

कमेन्ट लोड गर्नुस