सुदूर नेपाललाई विश्वसँग जोड्दै

गेटा आँखा अस्पताल कर्मचारी युनियनद्वारा अक्सिजनका खरिदका लागि ३० हजार सहयोग

२०७८ जेठ ३, १०:२१ खबर संवाददाता

धनगढीः गेटा आँखा अस्पताल कर्मचारी युनियनले ह्युमानिटी फाउण्डेसनलाई ३० हजार ५ रुपैयाँ सहयोग गरेको छ। निशुल्क अक्सिजन वितरण अभियान सञ्चालन गर्दै आएको ह्युमानिटी फाउण्डेसन नेपाललाई अक्सिजन खरिदका लागि गेटा आँखा अस्पताल कर्मचारी युनियनले सो रकम सहयोग गरेको हो।  

ह्युमानिटी फाउण्डेसन नेपालले अक्सिजनको अभावमा मृत्यु भइरहेका मानिसहरुको जीवन रक्षाका लागि थालेको निःशुल्क अक्सिजन वितरण अभियानमा जोडिदै गेटा आँखा अस्पताल कर्मचारी युनियनले ३० हजार ५  रुपैयाँ सहयोग गरेको हो।

युनियन कार्यसमितिका पदाधिकारीहरुद्वारा संकलित नगद रकम कर्मचारी युनियनका अध्यक्ष खेम राज उपाध्याय, कोषाध्यक्ष राजेन्द्र पनेरु, सल्लाहकार महेश ओझाले संयुक्त रूपमा ह्युमानिटी फाउण्डेसनका कोषाध्यक्ष मान सिंह साउँद र सदस्य दीर्घ राज उपाध्यायलाई रकम हस्तान्तरण गरेका हुन्।

ह्युमानिटी फाउण्डेसनले सुदूरपश्चिमका सरकारी अस्पतालहरूमा निशुल्क अक्सिजन उपलब्ध गराउँदै आएको छ।

फाउण्डेसनका महासचिव दीर्घराज उपाध्यायले ह्युमानिटी फाउण्डेसनले सञ्चालन गरिरहेको निशुल्क अक्सिजन अभियानमा सहयोग गरेकोमा कर्मचारी युनियनका कार्य समितिका पदाधिकारीहरू प्रति आभार व्यक्त गरे।

कमेन्ट लोड गर्नुस