सुदूर नेपाललाई विश्वसँग जोड्दै

अपाच्य संवाद

२०७८ जेठ २, ०४:१५

सरकार कोरोना नियन्त्रणको पूर्व तयारी चाहियो ।
त्यो पर्दैन,
रणनैतिक सडक शिलान्यास गर्ने स्वीच थिचेर ।

सरकार लकडाउन गरौ स्थिति भयावह भो 
त्यो पर्दैन,
रथ यात्रा गरि उत्सव मनाउने ठोरीमा ।

सरकार अव त स्थिति बाहिर जानै थाल्यो केहि गरौं ।
त्यो पर्दैन,
भव्य धराहरा उद्धघाटन गरेर टुप्पोबाट हेर्ने ।

सरकार अक्सीजन चाहियो छटपटि भो 
त्यो पर्दैन,
विश्वास मत पो चाहियो ।

सरकार आईसीयू वेड चाहियो, अस्पतालमा बेड थपौ ।
त्यो पर्दैन, 
एक पटक प्र.म. को सपथ थप्ने ।

अब त अति भो सरकार ! तिम्रो मुखै कसरी हेर्नु ?
त्यो पर्दैन,
उद्धघाटन र शिलान्यास हेर्दै जाउ,
स्वास्थ्य स्थिति नियन्त्रणमै छ ।

राम राम राम भिरबाट खसायो कि,
गुरूत्ववलले तान्यो कसैले न्याय दिने ?
त्यो पर्दैन, 
प्रतिज्ञा नै गर्‍या छैन ।
 
-सुरेन्द्र प्रसाद भट्ट, मलाखेती

कमेन्ट लोड गर्नुस