सुदूर नेपाललाई विश्वसँग जोड्दै

नायक पुष्प खड्काद्वारा सुदूरपश्चिमका लागि ५० सिलिन्डर अक्सिजन सहयोग

२०७८ जेठ २, ०२:१७ खबर संवाददाता

धनगढी: नायक पुष्प खड्काले सुदूरपश्चिमका कोरोना संक्रमितहरुका लागि ५० थान अक्सिजन सिलिन्डर सहयोग गरेका छन्।

उनले कैलालीको मैनादवी फाउन्डेशनसँग सहकार्य गर्दै अक्सिजन खरिदका लागि रकम सहयोग गरेका हुन्। 

पुष्पले आफू अझै पनि विभिन्न संघ संस्थासँग सहकार्य गर्दै सहयोगका लागि अगाडि बढ्ने बताए। साथै उनले आफुले सक्ने अन्य सहयोग पनि गर्ने प्रतिबद्धता जनाएका छन्। 

कमेन्ट लोड गर्नुस