सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा अटोमार्फत एम्बुलेन्स सेवा

२०७८ वैशाख ३१, ०५:४० खबर संवाददाता

धनगढीः धनगढीमा कोरोना संक्रमितलाई लक्षित गर्दै पेट्रोल अटोमार्फत एम्बुलेन्स सेवा दिइने भएको छ।

रोयल कोल्याबोरेटिभ्सले धनगढी उप–महानगरपालिका भित्र ६ वटा अटोमार्फत एम्बुलेन्स सेवा दिने बताएको छ। कोरोना संक्रमितको संख्या वृद्धि हुँदै गएकाले प्रदेशमा एम्बुलेन्स सेवाको समस्या हुने देखिएकाले अटोमार्फत समेत सशुल्क एम्बुलेन्स सेवा दिने बताइएको छ। आर्थिक अवस्था कमजोर भएका संक्रमितको हकमा भने रोयल कोल्याबोरेटिभ्सले नै रकम दिने बताइएको छ।

अटोमार्फत सेवा लिनका लागि कमल प्रताप चौधरीको ९८०४६५५२९०९ र मनोज चौधरीको  ९८१०२०१५६५, तथा रिक्त मगरको ९८१२६५४०९९, बाबुराम पौडेलको ९८१४६४१०८२, बालकृष्ण चौधरीको ९८२३५२६२८४ र सुरेन्द्र सिंहको ९८१८४७८३३० मा सम्कर्पका लागि समेत आग्रह गरिएको छ।

कमेन्ट लोड गर्नुस