सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा २ जना कोरोना संक्रमितको मृत्यु

फाइल फोटो
फाइल फोटो
२०७८ वैशाख ३१, ०३:४४ खबर संवाददाता

धनगढी: अछाममा २ जना कोरोना संक्रमितकोे मृत्यु भएको छ।

शुक्रबार दिउँसो १२ बजेको समयमा मंगलसेन नगरपालिका ३ का ५६ वर्षीय पुरुष र साँफेबगर नगरपालिका ४ का ४८ वर्षीय पुरुषको मृत्यु भएको हो।

मंगलसेनका पुरुषको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको र साँफेबगरका पुरुषको बयलपाटा अस्पतालमा मृत्यु भएको बताइएको छ। अछाममा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ।
 

कमेन्ट लोड गर्नुस