सुदूर नेपाललाई विश्वसँग जोड्दै

एकै दिन २१४ जना संक्रमितको मृत्यु, ८९६० जनामा कोरोना पुस्टि

२०७८ वैशाख ३०, ०६:०७ खबर संवाददाता

काठमाडौं: पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट २१४ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिउँसो नेपाली सेनाले व्यवस्थापन गरेको शवको आधारमा सो मृत्यु संख्या सार्वजनिक गरेको हो। 

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या चार हजार ४६६ पुगेको छ।

यस्तै  पछिल्लो २४ घण्टामा देशभर नेपालमा  ८ हजार  ९६०  जना व्यक्ति कोरोना संक्रमित पुष्टि भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १९ हजार ४७४  जनाको पीसीआर विधि र ७७१ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ८ हजार ९६० जना संक्रमित पुष्टि भएका हुन्। 

कमेन्ट लोड गर्नुस