तोलामा ४ सयले घट्यो सुनको मूल्य
काठमाडौं: बिहीबार सुनको मूल्य तोलामा ४०० ले घटेको छ।
नेपाली बजारमा सुन प्रति तोला ४०० रुपैयाँले घटेर ९१ हजार ६०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
गत बुधबार सुन प्रति तोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो। आज तेजाबी सुनको मूल्य ९१ हजार १०० रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रति तोला एक हजार ३३५ रुपैयाँ कायम भएको छ।