सुदूर नेपाललाई विश्वसँग जोड्दै

मृत्युको हाट बजारबाट ! (कविता)

२०७८ वैशाख ३०, १२:१०

तिमीले सञ्चालन गरेको मृत्युको हाटबजारको 
म जस्ता लाखौंलाखलाई ग्राहक बनायौं 
एउटा अव्यवस्थित हाट बजार सरी,
अस्पतालको गेटदेखि बेडसम्म, 
बेडमुनि कोठा, बरन्डा जहाँ–जहाँ खाली छैन,
त्यतै भरिएका छन्, गुमनाम तिम्रा जनताहरु,

तर 
खासमा  तिम्रा जनता हामी जस्तो जनता हैन नि है !

न हामीसँग तिमीलाई कमिशन दिने औकात छ,
न तिम्रा आसेपासेलाई पोस्ने औकात छ,
तिमीले यहि गल्ति बारम्बार दाहोर्‍याई आफुलाई ठुलो सम्झिरह्यौ,
यी पिडितहरुको पीडाहरु हटाउनको साटो,
आफ्नै सत्ता बचाउन लागिरह्यौ । 

कतै आफ्नै पार्टीभित्र कहिले स्वास्थ्यकर्मीहरुलाई कारबाहीको धम्की दिदै रह्यौ, 
अस्पतालमा सबैभन्दा बढी पीडामा बिरामी र उसका आफन्तहरु
त्यसपछि डिउटीमा भएका स्वास्थ्यकर्मीहरु, 
स्वास्थ्यकर्मीलाई केही सहज होला डिउटी सकिँदा 

तर
म ढोका निरै स्टेचरको बेड बनाई 
रातदिन लास गनेर आफ्नो स्वास्थ लाभको कामना गरिरहेछु, विवश बनेर, 
तिम्रा प्रदेश सरकार र स्थानीय सरकारहरु मसँगै अक्सिजनधारी भईसके,
न बेड न अक्सिजन बिना पर्खिरहेका कसैलाई 
तर कसलाई थाह छैन ।

तिमी आफु देउता बन्ने समयमा हनुमानहरुले वा आफ्नै बुद्धिले आफै देवत्वकरण गर्दैछौ,
आफ्ना सञ्चारमन्त्रीका ७० करोड,
स्वास्थ्य मन्त्रीको  अरबाैं घोटलाका काण्ड मात्रै रोकेर कारबाही गरेको भए,
आज तिमिलाई जनताले  देवता स्वीकार  गरिसक्थ्ये ।

तर तिमी तान्डव नाचिरहेका छौ, आफ्नै घरमाथि राष्ट्रमाथि ,
अझै केही बिग्रेको छैन सुध्रनु छ ? बेला छ ।

बन्द गर्न सक्छौ, बन्द गर मृत्युका हाटबजारहरु !!
नत्र समयको कठोर सजाय भोग्न तयार होऔं ।

-हृदय पुजारा
ठेगानाः धनगढी ८, कैलाली
कोरोना संक्रमित, अहिले सेती प्रादेशिक अस्पतालमा कोरोनासँग लडिरहेको अवस्था  

 

कमेन्ट लोड गर्नुस