सुदूर नेपाललाई विश्वसँग जोड्दै

यसरी पाउन सकिन्छ रेम्डेसिभिर

२०७८ वैशाख २९, ०६:२१ खबर संवाददाता

काठमाडौंः बंगलादेशबाट नेपाल ल्याइएको रेम्डसिभिर इन्जेक्सनका लागि सरकारले सम्पर्क व्यक्ति तोकेको छ। 

मंगलबार नेपाल आएको १० हजार भाइल रेम्डेसिभिर इन्जेक्सन बिरामीलाई सहज रुपमा प्राप्त होस भन्ने उदेश्यले सम्पर्क व्यक्ति तोकिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको आपतकालीन कार्यसञ्चालन केन्द्रले सूचना जारी गर्दै कोरोना संक्रमितको उपचारमा उपयोगी मानिएको रेम्डेसिभिर कोभिड अस्पताल र अस्पतालमा उपचाररत बिरामीका लागि डाक्टरले गरेको सिफारिस तथा लिन जाने व्यक्तिको परिचयपत्रको आवश्यकता पर्ने पनि बताएको छ।

कमेन्ट लोड गर्नुस