सुदूर नेपाललाई विश्वसँग जोड्दै

सय शय्याका निजी तथा सामुदायिक अस्पताललाई १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न निर्देशन

२०७८ वैशाख २९, ०६:१८ खबर संवाददाता

काठमाडौंः सरकारले १ सय शय्या भएको अस्पताललाई १५ दिनभित्र अक्सिजन प्लान्ट स्थापना गर्न निर्देशन दिएको छ।

मुलुकभर कोरोना संक्रमणको दर बढेसँगै अस्पताल भर्ना हुने बिरामीलाई अक्सिजनको आवश्यकता पनि बढ्दै गएकाले १५ दिनभित्र अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरिसक्न निर्देशन दिएको हो।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभर रहेका १ सय शय्याका नीजि तथा सामुदायिक अस्पतालमा आजको मितिबाट १५ दिनभित्र अक्सिजन प्लान्ट स्थापना गरेर मन्त्रालयमा जानकारी गराउनुपर्ने बताए।

 प्रवक्ता डा. गौतमले कोभिड संक्रमितको उपचार गर्ने सबै निजी तथा सामुदायिक अस्पताललाई अनिवार्य आईएमईमा दर्ता गराउन पनि आग्रह गरिएको बताए। 

कमेन्ट लोड गर्नुस