सुदूर नेपाललाई विश्वसँग जोड्दै

हाम्रो डक्टरले सुरु गर्‍यो निःशुल्क कोभिड परामर्श सेवा, यसरी लिनुस सेवा

२०७८ वैशाख २९, ०६:०३ खबर संवाददाता

काठमाडौं: हाम्रो डक्टर डटकम र हाम्रो डक्टर मोबाइल एप्लिकेसनले निःशुल्क कोभिड परामर्श सेवा सुरु गरेको छ।

नेपालकै पहिलो अनलाइन हेल्थकेयर प्लेटफर्म हाम्रो डक्टर डटकमले प्रेस विज्ञप्ति जारी गर्दै कोरोना महामारीको अवधिभर प्रयोगकर्तालाई राहत दिने उद्देश्यले निःशुल्क परामर्श सेवा सुरु गरेको जनाएको छ। 

कम्पनीका सीईओ उद्धवराज भेटुवालका अनुसार गुगल र एप्पल स्टोरमा उपलब्ध मोबाइल एप्लिकेसनको परामर्श सेक्सनमा गएपछि आउने कोरोना कल्सल्टेसनमा प्रयोगकर्ताले विनाशुल्क चिकित्सकहरुसँग परामर्श गर्नसक्ने छन्। 
यस्तै हाम्रो डक्टरले इन्टरनेटको सुविधा नपुगेका ठाउँ र त्यहाँका बासिन्दालाई लक्षित गरी डाइरेक्ट हटलाइन सेवा पनि सुरु गरेको छ। 

चिकित्सकसँग कोरोनासम्बन्धी जानकारी र परामर्श लिनका लागि हाम्रो डक्टरले तीनवटा हटलाइन नम्बर सार्वजनिक गरेको छ। ९८०२३१५२२६, ९८०२३१५२२७ र ९८०२३१५२२८ नम्बरमा सम्पर्क गरी कोरोना भाइरस संक्रमणका बारेमा चिकित्सकसँग जानकारी लिन सकिने जनाइएको छ।

यसअघि हाम्रो डक्टरले चिकित्सकसँग सःशुल्क परामर्श सेवा सञ्चालन गरिरहेको थियो।

कमेन्ट लोड गर्नुस