सुदूर नेपाललाई विश्वसँग जोड्दै

हावाहुरीले तरकारी तथा फलफूल खेतीमा क्षति

फाइल फोटो
फाइल फोटो
२०७८ वैशाख २९, ०६:०१ रासस

बाँके :  बाँकेमा गए राति आएको हावाहुरीले किसानको तरकारी तथा फलफूल खेतीमा ठूलो क्षति पु¥याएको छ। हावाहुरीले व्यावसायिक रुपमा खेती गर्दै आएका किसानलाई ठूलो क्षति पुगेको खजुरा गाउँपालिका–२ सीतापुरका अगुवा कृषक गेहेन्द्र धितालले बताए। 

उनका अनुसार, गए राति आएको हावाहुरी सँगैको पानीले पाकेर ठिक्क भएको टमाटर कामै नलाग्ने गरी क्षति पु¥याएको छ। यसैगरी, लौकी, करेलालगायत तरकारी र आँप तथा लिचीको फल झारेर लाखौँको क्षति पु¥याएको छ।

खजुरा गाउँपालिका–२ मा रहेको खजुरा नेचर गार्डेन एन्ड एग्रो फार्ममा पनि हावाहुरीले ठूलो क्षति पु¥याएको छ । गए राति आएको हावाहुरीले रु २० लाखभन्दा बढीको नोक्सानी पु¥याएको सञ्चालक टिएस ठकुरीले बताए। 

फार्ममा टमाटर, क्याप्सिकम, लौकी, करेला उत्पादन भइरहेको छ। त्यहाँ उत्पादन हुने तरकारी फार्मबाटै खरीद बिक्री हुने गरेकामा हावाहुरीले नोक्सानी पु¥याएपछि लाखौँको क्षति भएको ठकुरीको भनाइ छ। 

हावाहुरीले सबैभन्दा ठूलो क्षति आँप र लिचीको फलफूल खेतीमा पु¥याएको छ । कोहलपुर नगरपालिका–१५ तीनघरुवास्थित व्यावसायिक आँप तथा लिची खेतीमा ठूलो क्षति पु¥याएको पञ्चशील कृषि फार्मका सञ्चालक सूर्य ढकालले बताए। उनका अनुसार, आँप र लिचीका फल हावाहुरीले भुइँभरि बनाएको छ। यो वर्ष आँप पर्याप्त फल नलागेर आम्दानी कम हुने अपेक्षा गरेकामा हावाहुरीले थप क्षति पु¥याएको छ। 

जिल्लाका विभिन्न क्षेत्रमा व्यावसायिक तरकारी तथा फलफूल खेती गरेका किसानले हावाहुरीले क्षति पु¥याएको गुनासो गरेको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले जानकारी दिए।  किसानको क्षति विवरण सङ्कलन गरेर क्षतिको यकिन गरिने उनको भनाइ छ।
 

कमेन्ट लोड गर्नुस