सुदूर नेपाललाई विश्वसँग जोड्दै

ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु

फाईल तस्बिर
फाईल तस्बिर
२०७८ वैशाख २९, ०७:५८ रासस

बागलुङ :  ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। 

बुर्तिबाङबाट ढोरपाटनतर्फ जाँदै गरेको ध १ ज ५२८ नम्बरको ट्याक्सी बागलुङ ढोरपाटन नगरपालिका–५ प्याङखोलास्थित घुम्तीमा दुर्घटना भएको हो।

ट्याक्सी दुर्घटना हुँदा चालक ३५ वर्षीय ढालबहादुर थापा र ढोरपाटन नगरपालिका–५ का ४० वर्षीय जोकबहादुर विकको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका इन्चार्ज प्रहरी निरीक्षक जयराम वन्तले बताए।  दुर्घटनाको कारण भने खुल्न सकेको छैन।

दुर्घटनामा सोही स्थानकी ३८ वर्षीय रतिकला विक घाइते भएको वन्तको भनाइ छ। घाइते विकलाई उद्धार गरी बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीको भनाइ छ। 

दुई संक्रमितको मृत्यु

मङ्गलबार बागलुङमा थप दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ। यससँगै बागलुङमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ।

मङ्गलबार एक महिलाको धवलागिरि अस्पताल र एक पुरुषको होम आइसोलेशनमा मृत्यु भएको स्वास्थ्य कार्यालयका कोरोना स्रोत व्यक्ति देवप्रकाश घिमिरेले बताए।  

जिल्लाको ढोरपाटन नगरपालिका–४ निवासी ६६ वर्षीया महिलाको धवलागिरि अस्पतालमा मृत्यु भएको हो। उनको मृत्युपछि पिसिआर रिपोर्ट पोजिटिभ आएको थियो।

यस्तै बागलुङ नगरपालिका–४ का ७७ वर्षीय पुरुषको होम आइसोलेशनमा मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ।  वैशाख २२ गते गण्डकी मेडिकल कलेजमा उनलाई कोरोना पुष्टि भएको थियो। उनी पोखराबाट फर्केलगत्तै होम आइसोलेशनमा रहेको बेला मृत्यु भएको घिमिरेले बताए।
 

कमेन्ट लोड गर्नुस