सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा कोरोना संक्रमितको संख्या २ सय नाघ्यो

२०७८ वैशाख २८, १२:१३ खबर संवाददाता

दार्चुला: दार्चुलामा कोरोना संक्रमितको संख्या २ दुई सय नाघेको छ। स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार जिल्लाभरी संक्रमितको संख्या २ सय १ पुगेको छ।

सोमबार मात्रै जिल्लामा १५ जना नयाँ कोरोना संक्रमित थपिएका स्वास्थ्य कार्यालय दार्चुलाका जनस्वास्थ्य अधिकृत जयराज भट्टले बताए। 

जिल्ला अस्पताल दार्चुलाको आइसोलेसनमा १२ जना बिरामी छन्। सोमबार मात्रै थप २ जनालाई आइसोलेसन शय्या भर्ना गरिएको गरिएको छ। यस्तै गोकुलेश्वर अस्पतालमा एक जना आइसोलेसनमा थपिएका छन्। 

कोरोनाका कारण जिल्लामा अहिलेसम्म ४ जनाको ज्यान गएको छ।

कमेन्ट लोड गर्नुस