सुदूर नेपाललाई विश्वसँग जोड्दै

एकै दिन १३९ संक्रमितको मृत्यु, ९२७१ जनामा संक्रमण

फाइल फोटो
फाइल फोटो
२०७८ वैशाख २७, ०६:४७ खबर संवाददाता

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा थप ९ हजार २७१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। 

१७ हजार ६२३ जनाको पिसिआर परीक्षणमा र ७८८  जनाको सिमा नाकामा एन्टिजेन गरी १८ हजार ४११ जनाको परीक्षण गर्दा ९ हजार २७१ जनामा कोरोना पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

कुल संक्रमितमध्ये हाल ९३ हजार १४१ जना सक्रिय संक्रमित छन्। हाल ४२७ जना संक्रमित क्वारेन्टा्रइनमा छन्। 

पछिल्लो २४ घण्टामा १३९ जना संक्रमितको मृत्यु भएको छ। मन्त्रालयका अनुसार नेपाली सेनाले गरेको शव व्यवस्थापनको रिपोर्टका आधारमा मृतकको संख्या २४ घण्टामा बढी देखिएको हो। यो सहित नेपालमा ३ हजार ८५९ संक्रमितको मृत्यु भएको छ।

कमेन्ट लोड गर्नुस