थप ८८५० जनामा कोरोना संक्रमण
काठमाडौं: नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ८५० जनामा कोरोना भाइरसको संक्रमण फेला परेको छ।
पिसिआर र एन्टिजेनसहित ८ हजार ८५० जना संक्रमित पुस्टि भएका हुन्।
१८ हजार ७८७ जनाको पिसिआर परीक्षणमा ८ हजार ७७७ जनामा पोजिटिभ र ५०६ जनाको एन्टिजेन परीक्षण गर्दा ७७ जनामा कोरोना पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
कुल संक्रमितमध्ये हाल ८८ हजारभन्दा बढी सक्रिय संक्रमित छन्। हाल ४१९ जना संक्रमित क्वारेन्टिनमा छन्।
पछिल्लो २४ घण्टामा ५२ जना संक्रमितको मृत्यु भएको छ।