सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा थप एक जना कोरोना संक्रमितको मृत्यु

२०७८ वैशाख २६, ०३:५५ खबर संवाददाता

दार्चुला: दार्चुलामा थप एक कोरोना संक्रमितको ज्यान गएको छ।

जिल्लाको नौगाड गाउँपालिका–५ घर भएका ७२ वर्षीय पुरुषको शनिबार राती अस्पताल लग्ने बित्तिकै मृत्यु भएको गोकुलेश्वर अस्पतालका डाक्टर नियाज अन्सारीले बताए ।

मृतक पुरुषमा एन्टिजेन परीक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ आएको उनले बताए। 

योसँगै दार्चुलामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ।

कमेन्ट लोड गर्नुस