सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना संक्रमितले खाना खाँदा यी ५ कुरामा ध्यान दिनुपर्ने

२०७८ वैशाख २६, ०३:०८ खबर संवाददाता

एजेन्सी: स्वस्थ हुनको लागि महत्वपुर्ण चीज आहार हो। यदि हाम्रो आहार राम्रो भएन भने समस्या त्यहीबाट निम्तन्छ। त्यसकारण स्वस्थ हुनलाई स्वस्थ भोजन गर्नु आवश्यक छ। वर्तमान समयमा नेपालमा कोरोना संक्रमणदर बढ्दो क्रममा भएकाले धेरै मानिसहरुमा के खाने भन्नेमा अन्यौलतामा छन्।

आज हामी कोभिड संक्रमितले कस्ता चिज खाने, के गर्ने त्यसको बारेमा चर्चा गछौं। डब्लु एच ओ ले संक्रमित खाना खाने सम्बन्धमा पाँच टिप्स दिएको छ। जुन निम्नानुसार छन्।

१. खाना बनाउनु भन्दा सबैभन्दा पहिला हात धुनुपर्छ ।
शौचालय गएपछि हात धुने । खाना बनाउने चुलो, भाँडा र कोठा राम्रोसँग सफा गर्नुपर्छ।
भान्छा कोठालाई किरा, सांङ्ला जस्ता चिजबाट जोगाउनु पर्छ। चपिङ बोड, साप्ने कपडा, चक्कुमा साना–साना जीव बसेका हुन्छन्।

२. काचो भोजन नखाने
काचो माछा मासु र अन्य खानपानबाट टाढा हुने । काचो खानेकुरा काट्दा अर्के भाँडा, चपिङ बोडको र चक्कुको प्रयोग गर्ने
तयारी खाना र काचो भोजनको बीचमा कुनै प्रकारको सम्पर्क हुन नदिने । विशेष गरी काचो भोजन मासु, माछामा खतरनाक सुक्ष्म जीव हुन्छन् । जसले पकाएर खाएपनि अर्को चीजलाई पनि संक्रमित गर्न सक्छन् ।

३.खानालाई राम्रोसँग पकाएर खाने
सुप र स्टु जस्ता चीजलाई ७० डिग्री सेल्सियस तापक्रम सुनिश्चत गर्ने, पकाएको खानालाई फेरी तताएर खाने ।
४.पकाएको भोजन २ घन्टा भन्दा धेरै राख्नुहुँदेन । चाडैनै खाने हो भने ५ डिग्रीको सेल्सियस कम ताफक्रममा फ्रिजमा राख्ने ।
खाना खाने समयमा ६० डिग्री सेल्सियसमा तातो गर्ने, फ्रिजमा धेरै समय खाना नराख्ने

५. सफा पानी पिउने
ताजा र पौीष्टक खाद्य सामाग्रीको प्रयोग गर्ने  

-बिबिसी

कमेन्ट लोड गर्नुस