थप ८ हजार ४१८ जनामा संक्रमण पुस्टि, ५३ जनाको मृत्यु
काठमाडौं: कोरोना संक्रमणबाट देशभर थप ५३ जनाको मृत्यु भएको छ। यस्तै थप ८ हजार ४१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ३१५ नमुनाको पीसीआर परीक्षण गर्दा ८ हजार २८७ जना र ९८९ जनाको एन्टिजेन परीक्षण गर्दा १३१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।
योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ८३ हजार ४९३ पुगेको छ भने कुल संक्रमित ३ लाख ८५ हजार ८९० जना पुगेका छन्। यस्तै मृत्यु हुने संक्रमितको संख्या ३ हजार ६३२ पुगेको छ।
सक्रिय संक्रमितमध्ये ७८ हजार १८ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। यस्तै ५ हजार ४७५ जना संस्थागत आइसोलेसनमा रहेका छन्। ७५८ जना संक्रमितको आईसीयू र २३१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।
पछिल्लो २४ घण्टामा ३ हजार ३७० जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ९८ हजार ७६५ पुगेको छ ।